विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेश खेल्दै

२८ जेष्ठ २०७६, मंगलवार १०:३३ मा प्रकाशित

ब्रिस्टोल, २८ जेठ । जारी विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ ।

बंगलादेश र श्रीलंका दुवैलाई दबाब उत्तिकै छ । यी दुवै टिमले पहिलो तीनमध्ये एक खेल मात्रै जितेका छन् । अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।

बंगलादेशको तुलनामा श्रीलंका भने केही सहज अवस्थामा भने छ । एक जित र पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।

अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ । उनको अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ ।

आज खेल हुने ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान पनि गरिएको छ । मौसमलाई ख्याल गरेर छोटो ओभरको खेल खेलाउने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं