राष्ट्र बैंकमा नयाँ पाँच कार्यकारी निर्देशक

२८ जेष्ठ २०७६, मंगलवार १०:०३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २८ जेठ । नेपाल राष्ट्र बैंकमा ५८ वर्ष उमेरहद र ३० वर्ष सेवा अवधि पुरा गरी ५ जना कार्यकारी निर्देशकले जेठ २६ अवकाश पाए । ५ जना कार्यकारी निर्देशकको अवकाशसँगै रिक्त रहेको उक्त पदमा गभर्नर डा. चिरञ्जिबी नेपालले बरिष्ठ निर्देशकबाट ५ जनालाई कामु कार्यकारी निर्देशक तोकेका छन् ।

कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाउनेमा ४ जनाले आफुले काम गरिरहेको विभागमै जिम्मेवारी पाएका छन् भने एक जनालाई अर्को विभागमा सरुवा गरिएको छ । कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्ष समेत रहेका अनुसन्धान विभागमा कार्यरत निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई सरुवा गरेर लघुवित्त विभागको जिम्मेवाररी दिइएको छ ।

यस्तै बैंकिङ कार्यलयका नरेश शाक्यलाई त्यही विभाको प्रमुख बनाईएको छ । संस्थागत योजना विभागको जिम्मेवारी सोही विभागका कार्यरत निर्देशक सुमनकुमारलाई दिईएको छ । प्रभावशाली मानिएको नियमन विभागको जिम्मेवारी बमबहादुर मिश्रले पाएका छन् भने विदेशी विनीमय विभागको जिम्मेवारी सरिता भट्टलाई दिइएको छ । बरिष्ठताको आधारमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका पाँचै जना एक महिनापछि स्वतः कार्यकारी निर्देशक हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी