
काठमाडौँ, २८ जेठ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले मिडियलाई जग्गा दिने भएको छ । उक्त नगरले आफ्नो स्वामित्वमा रहेको १३ रोपनी भन्दा बढी जग्गा एक मिडिया हाउसलाई भाडामा दिने निर्णय गरेको हो । नगरपालिकाले बूढानीलकण्ठ–२ साबिकको चपली भद्रकाली ६ (ख) १ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन सञ्चार समूहलाई दिने निर्णय गरेको हो ।
उक्त समुह मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता रहेको र समुहले पेश गरेको योजना उपयुक्त देखिएकोले सो जग्गा ३० बर्षसम्मको लागि भाडामा दिन जिल्ला प्रशाशन कार्यालय काठमाडौँमा सिफारिस भएको हो ।
उक्त समुहले www.pariwartankhabar.com अनलाइन न्युज पोर्टल समेत चलाउदै आएको छ ।
यद्यपि जग्गा लिज दिने अधिकार स्थानीय निकायलाई हुँदैन । यस बिषयमा मन्त्रिपरिषदले निर्णय गर्नु पर्छ । नगरपालिकाले आफुले निर्णय गरेर बाँकि प्रक्रियाको लागि सिफारिस गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार