मन्त्रीको गाडी खोलामा पल्टियो

२८ जेष्ठ २०७६, मंगलवार ०९:३७ मा प्रकाशित

स्याङ्जा, २८ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा पल्टिएको छ । मन्त्री महासेठ सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३ स्थित घट्टे दरौ खोलामा पल्टिएको हो ।

सोमबार सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा गाडी पल्टिएको हो । दरौ खोलामा पुल नभएको र खोला तर्ने क्रममा उनी सवार गाडी पल्टिएको बताईएको छ । गाडी आधा मात्र खोलामा पल्टिएको हो । घटनामा मन्त्री महासेठ भने सकुशल छन् । गाडी पल्टिएपछि उनलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए । डुबेको गाडी पनि क्रेनले निकालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु