च्यासल युथ क्लब नुवाकोट गोल्डकपको सेमिफाइनलमा

२८ जेष्ठ २०७६, मंगलवार ०६:५९ मा प्रकाशित

विदुर, २८ जेठ । नुवाकोटमा जारी दोस्रो संस्करणको नुवाकोट गोल्डकप अन्तर्गत आजको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । मनाङलाई २–० गोलले पराजित गर्दै च्यासल सेमिफाइनलमा प्रवेश गरेको हो ।

च्यासलका लागि मिलन राई र सवी गुरुङले गोल गरेका थिए । बट्टार क्याम्पसको खेलमैदानमा भएको खेलमा च्यासलका सवी गुरुङ म्यान अफ दी म्याच घोषित भए । जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको उक्त प्रतियोगिताअन्तर्गत मङ्गलबार नुवाकोट–११ र नेपाल पुलिस क्बलबीच खेल हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी