पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अली पक्राउ

२७ जेष्ठ २०७६, सोमबार १९:१३ मा प्रकाशित

इस्लामावाद, २७ जेठ । पाकिस्तानका पूर्व राष्ट्रपति एवम् पाकिस्तानी पिपल्स पार्टीका सह–प्रमुख असिफ अली जर्दारी पक्राउ परेका छन् । अवैध धनलाई वैध बनाएको आरोपमा उनलाई इस्लामावादबाट पक्राउ गरिएको हो ।

पाकिस्तानको उच्च न्यायालयले पूर्व राष्ट्रपति र उनकी बहिनी फरयाल तालपुरको पूर्व गिरफ्तारी जमानतलाई खारेज गरेपछि उनी पक्राउ परेका हुन् । उनीमाथि नक्कली खाताबाट वित्तीय अपचलन गरेको आरोप लागेको छ । जर्दारी र उनकी बहिनीमाथि यो मुद्दामा नक्कली खाताबाट ४.४ अर्ब रुपैयाँ देशभन्दा बाहिर पठाएको आरोप लागेको छ ।

जर्दारी यसअघि पनि भ्रष्टाचारको आरोपमा जेल गइसकेका छन् । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । उनी आफ्नी पत्नी तथा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यापछि राष्ट्रपति पदका लागि चुनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको