योगमायाः धर्म, क्रान्ति र बिद्रोहको समिश्रण

२७ जेष्ठ २०७६, सोमबार १९:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ जेठ । राजधानीको बत्तिसपुतलिको गोठाले नाटकघर शिल्पिमा योगमायाको जीवनमा आधारित नाटक मञ्चन भईरहेको छ । मदन पुरस्कार विजेता योगमाया उपन्यासमा आधारित भएर नाटक निर्माण गरिएको छ । योगमाया नीलम कार्की निहारिकाको कृति हो । यसको नाट्य रुपान्तरण र निर्देशन टंक चौलागाइले गरेका छन् ।

नेपालले भोगेको धेरै किसिमको राज्यब्यबस्था मध्येको एक हो राणशासन । त्यो बेलाको सामाजिक तथा राजनीतिक व्यबस्था र समाजमा रहेको कुप्रथा (विभेद, असमानता, बलात्कार, छुवाछुत) लाई नाटकमा प्रस्तुत गरिएको छ । पतिको मृत्युपछि पत्नि ज्युँदै चितामा जल्नुपर्ने दर्दनाक स्थिति रहेको बेलामा पण्डितहरुको गरुड पुराणको कुरीति तथा पण्डित मपाँइत्वलाई जस्ताको त्यस्तै देखाउन नाटक सफल भएको छ ।

त्यही बिचमा एक शालिन बिद्रोहको आवाज बनेर आउँछिन् योगमाया । योगमाया बालबिवाहको पीडाले प्रताडित महिला हुन् । बालखमै पतिको मृत्यु भएपछि उनी माइती घरमा आएर बसेकी हुन्छिन् । उनले पढेकि छैनन् तर जति कुरा उनको चेतले सिकायो त्यतिकै आधारमा आफुले जानेको बुझेको कुरा अरुलाइ पनि सिकाइन् । योगमाया चेतना हुन, बिद्रोह हुन् र धार्मिक पनि । धर्मप्रतिको उनको आस्था छ तर कुनै समुदाय बिशेषको धर्म हैन, मानव धर्ममा उनको आस्था छ, जसले लोकको हित गर्छ ।

उनि समाजिक सुधारक पनि हुन् भन्ने कुरा उनले सत्तासँग मागेको धर्मराज्यको भिक्षाले पनि बताउँछ । उनि सबै जनता सुखसँग बाच्न पाउनुपर्ने, आधारभुत आवश्यकता पुर्ति हुनुपर्ने, बिकास समान तरिकाले हुनुपर्ने तर्क गर्छिन् । त्यसको लागि उनले धर्मराज्य स्थापना गर्नुपर्छ भन्ने आवाज बुलन्द पार्छिन ।

उनको चरित्र क्रान्तिकारी किसिमको छ । मानौँ उनी परिवर्तन ल्याउन सक्ने एक आशाको किरण हुन् । उनको क्रान्तिकारी चरित्र त्यो बेला प्रस्ट हुन्छ जब उनले पतिको मृत्यु भएकि नैनकलाको दोश्रो बिबाहको लागि समाजलाई मनाउन सक्छिन् । त्यो भन्दा अघि उनी सति प्रथाको बिरोधी थिइन् । पति मरेकै कारण पत्नि ज्युँदै जल्नुपर्ने प्रथा अन्त्य गर्नुपर्छ भन्ने पक्षमा वकालत गर्थिन् ।

चन्द्र समशेरले सति र दास प्रथा अन्त्यको घोषणा गरेपछि उनी यो सबै बिभेद तथा कुप्रथाहरुको अन्त्य गर्न धर्मभिक्षामा धर्मराज्य माग्छिन् । त्यसपछि उनी जुद्ध शमसेरकोमा पुग्छिन् धर्मराज्य माग्नको निम्ति तर जुद्ध शमसेरले त्यो बाहेकको सबै माग्न भन्छन । उनी मान्दिनन् र गाउँ फर्केर आन्दोलनलाइ नयाँ शिराबाट अगाडि बढाउछिन् । उनको कबितात्मक् शैलिमा कुरा गर्ने तरिका तारिफ योग्य छ ।

उनमा एक शाहस छ । बर्तमान समयमा महिलाहरु बिभेदको शिकार भईरहेको बेला आज भन्दा सय बर्ष अगाडि एक महिलाले बिद्रोहको कुरा गर्नु निकै कठिन थियो । तर पनि उनले बोल्ने आँट गरिन् । त्यो बेलामा राणा शासनको बिरुद्ध बोल्नु र धर्मराज्य हुनुपर्ने माग राख्नुले पनि उनको साहस कति छ भनेर पुष्टि गर्छ । यो साहस एकदमै कम मानिसहरुमा मात्र पाइन्छ ।

बिरोधको कुनै आवाज नसुनेपछि उनी अग्निकुण्डमा होमिन तयार हुन्छिन् र उनका अनुयायीहरु पनि । तर सरकारले त्यो कार्य रोक्छ र जेल चलान गर्छ । जेलबाट छुटेपेछि बिद्रोहको अर्को रुपमा योगमाया लगाएत उनका समर्थकहरुल जलसमाधिमा देह त्याग गर्छन् ।

नाटकमा मुख्य भुमिकामा रहेको पात्र योगमाया (मिथिला शर्मा) लाई योगिनीको रुपमा प्रस्तुत गरिएको छ । उनी महिनौसम्म तपश्यामा बस्छिन्, भजन किर्तनको माध्यमबाट सत्यको मार्गमा र मानव धर्मको विषयमा चेतना जगाउने कार्य गर्छिन् । गाउले परिवेश भएकोले डोको, नाम्लो, नाङलो लगाएतका सामान प्रयोग गरिएको छ ।

भजन प्रकृृतिको संगितले नाटकमा भुलाउन मद्दत गर्छ । मन्चलाइ राम्रोसँग सजाइएको छ । ध्यान गर्ने स्थान, जेल घर कुटि लगाएतको दृश्यलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ ।

ऐतिहासिक नाटक योगमाया इतिहासका घटना र इतिहासमा रुचि राख्नेहरुका लागि एउटा गतिलो खुराक बन्न सक्नेछ ।
नाकमा केहि पाटाहरु अलि कमजोर महशुस हुन्छन् । कलाकारको प्रस्तुति केही कही फितलो नै छ । ऐतिहासिक नाटक भएर पनि हुनसक्छ केही दृश्य लाउड देखिएका छन् । प्राविधिक रुपमा केही कमजोरी र वर्तमान प्रविधिलाई कम प्रयोग गरिएको यो नाटक समग्रमा उत्कृष्ट छ ।
नटकमा दुइ दर्जन बढि कलाकारलाई निर्देशक चौलागाइले मञ्चमा उतारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो