प्रतिमिनेट ३ रुपैयाँमा चीनमा फोन गर्न सकिने

२७ जेष्ठ २०७६, सोमबार १७:१२ मा प्रकाशित

काठमाडौँ, २७ जेठ । नेपाल टेलिकमले चाइना कल अफर ल्याएको छ । टेलिकमका सिमबाट चीनमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा शुल्क लाग्नेछ ।

टेलिकमले चीनमा कल गर्न अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराएको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ । यो अफर एक दिनमै प्रयोग गरिसक्नुपर्नेछ । साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ ।

यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसामा कुराकानी गर्न पाइने कम्पनीले जनाएको छ ।

यो अफर सबै अन्तराष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध रहेको बताईएको छ । प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*7# मा डायल गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्छ । त्यसैगरी मोबाइलबाटै एसएमएस पठाएर पनि सुविधा लिन सकिन्छ । दैनिक अफर योजनाका लागि DCHINA, साप्ताहिकका लागि WCHINA र मासिकका लागि MCHINA टाइप गरेर १४१५ मा सन्देश पठाउनु पर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको