हावाहुरीको विकास सम्भावना, सतर्क रहन आग्रह

२७ जेष्ठ २०७६, सोमबार १६:०२ मा प्रकाशित

काठमाडौँ, २७ जेठ । मौसम पूर्वानुमान महाशाखाले सोमबार हावाहुरीको सम्भावना रहेको बताएको छ । बिभागका अनुसार सोमबार दिउँसोबाट देशका मध्य तराई लगायतका भू–भागमा मेघ–गर्जन गराउने बादलको प्रणालीको विकास भईरहेको छ । यसका कारण हावाहुरी र चट्टयाङ्गको खतरा रहको महाशाखाले जनाएको छ ।

यो प्रणाली उत्तर–पूर्व सरिरहेको र यसले दिउँसो ३ बजेबाट नै चितवनको दक्षिणि भेगमा मेघगर्जन सुरू भइसकेको बिभागले जनाएको छ । बिभागले राष्ट्रिय आपतकाल केन्द्र र सम्पूर्णलाई सतर्क रहन आग्रह गरेको छ ।

बिभागले सोमबार बिहान नै दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भुभागका केहि र पश्चिमी भुभागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको बताएको थियो । त्यस्तै बिभागले सोमबार राती देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भुभागका केहि र पश्चिमी भुभागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१