गसठी विधेयकप्रति आपत्ति जनाउँदै काङ्ग्रेसद्वारा संसद अवरोध

२७ जेष्ठ २०७६, सोमबार १२:३९ मा प्रकाशित

काठमाडौँ, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै काङ्ग्रेसले विरोध जनाएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे । सभामुखले सोही विषयमा भुसालले बोल्न चाहेकाले सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले विरोध जनाएर होहल्ला गरे । तरपनि भुसालले आफ्नो भनाइ राखिन् । उनले गुठी बिधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् ।

सांसदको माग अनुसार भूमिसुधारमन्त्री पद्मा अर्यालले गुठि विधेयको पक्षमा बोलेपछि कांग्रेसले फेरि विरोध जनायो । आइतबार भएको विरोधको क्रममा भएको धरपकड, पक्राउ तथा प्रहरी दमन बारे गृमहन्त्रीको जवाफ माग गरेका थिए । गृहमन्त्री उपस्थित नभएको भन्दै सभामुख कृष्णबहादुर महराले बस्न र सदन चल्न दिन अनुरोध गरे । उनले सदन चल्न दिए गृहमन्त्रीलाई उपस्थित गराएर जवाफ दिन लगाउने आश्वासन दिएपनि कांग्रेस सांसदले अवरोध कायम राखेपछि संसद १५ मिनेटको लागि स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा