इटहरीका मेयरले फीर्ता लिए अभिव्यक्ति

२७ जेष्ठ २०७६, सोमबार ११:२२ मा प्रकाशित

इटहरी, २७ जेठ । इटहरी उप–महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफूले पत्रकारमाथि गरेको गालीगलौज फीर्ता लिएको घोषणा गरेका छन् । आफू अनुशासित व्यक्ति भएको दाबी गर्दै उनले फेसबुक कमेन्टको विषयलाई लिएर आक्रोशित हुँदै फोन गरेका कारण आफूपनि आक्रोशित भएर आवेगमा आएको बताएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले आफ्ना शब्दले सिङ्गो प्रेस जगतलाई बिझाएको हुन सक्ने भन्दै दुख व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘मेरो सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनशाय छैन र आगामी दिनमा पनि रहने छैन ।’

यस्तो छ विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत