जल विद्युतका लागि यूएईबाट करिब साढे तीन करोड रकम संकलन

२० श्रावण २०६९, शनिबार १८:५६ मा प्रकाशित

खेमनाथ पौडेल, यूएई । गैर आवासीय नेपाली संघले सामूहिक लगानीको अवधारणाबाट नेपालमा जल विद्युतमा लगानी गर्नका लागि रकम संकलन गर्ने क्रममा एनआरएनए एनसीसी यूएईले अगष्ट ३ का दिन दुवईको याक एण्ड यतिको सभाकक्षमा एक अन्तरक्रिया कार्यक्रम गर्दै एकै दिनमा करिब साढे तीन करोड रुपैंया संकलन गरेको छ ।

गत जुलाई २२ मा रसियाबाट सुरु भएको रकम संकलन अभियान अन्य राष्ट्रिय समन्वय समितिहरुमा पनि सुरु हुँदै छ ।

उक्त छलफल कार्यक्रममा छोटो समयमानै लगानीको प्रतिफल प्राप्त हुने आशामा र ऋण लिएर जलविधुतमा लगानी नगर्न भू.पु मध्यपूर्वक सम्योजक चन्द्र प्रसाद सापकोटाले बताए ।

सामूहिक लगानी टाक्स फोर्सका सदस्य तथा एनसीसी अध्यक्ष चन्द्र रोकायाले एनआरएन ईन्भेस्टमेन्ट कम्पनी नेपालमा छिट्टै दर्ता हुन लागेको र कम्पनी दर्ता भएपछि न्युनतम १ लाख देखी १ करोड सम्म लगानी गर्न सकिने बताए ।

सेप्टेम्वर १२ २०१०२ सम्म ४ लाख देखी माथी कवुल गरेको रकमको पच्चिस प्रतिशत मात्र बुझाउनु पर्ने र बाँकी रकम केहीसमयपछि बुझाउन सकिने तर चार लाख भन्दा कम कवुल गरिएको छ भने एकमुष्ठ रकम बुझाउनु पर्ने वताए ।

एनआरएन संस्थाले लगानी नगर्ने तर एनआरएनले लगानी गर्ने पुलको काम गर्ने रोकायले बताए । मध्यपूर्व सह संयोजक लोकनाथ सुवेदीले एनआरएनले जलविद्युतमा मात्र नभएर अन्य क्षेत्रमा पनि लगानी गरिरहेको र भविष्यमा पनि लगानी गर्ने क्षेत्रहरुको बारेमा प्रष्ट पारे । आईसीसी सदस्य क्षत्र लामाले सामूहिक लगानीको अवधारणा हामीले नै ल्याएका हौ, पाँचौ क्षेत्रिय सम्मेलन दुवईमा यसै विषयमा केन्द्रित भएको थियो त्यो कार्य आज पुरा हुन लागेको बताए ।

अर्का, आईसीसी सदस्य चुणामणी ढकालले देशलाई समृद्धि बनाउनु छ भने सामूहिक लगानी अन्र्तगत हुन्छ या अन्य क्षेत्रबाट एनआरएनहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै जानु पर्ने बताए । सामूहिक लगानी यूएईका सम्योजक तथा एनसीसी सदस्य प्रदिप पौडेलले जलविधुतमा लगानी गर्दाको फाईदा, तथा सुरक्षित लगानीको बारेमा प्रष्ट पारेका थिए ।

छलफलमा यूएईका विभिन्न प्रान्तबाट आएका नेपालीहरुले खाडीमा नेपालीहरुको आयश्रोत न्युनतम् भएको हुनाले थोरै रकम लगानी कसरी गर्ने, सुरक्षाको ज्ञारेन्टी कसरी लिने, लगानी गरेको कति बर्षदेखी मुनाफा प्राप्त हुने, आदि प्रश्नहरु सोधेका थिए । छलफलको क्रममा उठेका प्रस्नहरुलाई एनसीसी यूएईका अध्यक्ष चन्द्र रोकाय, आईसीसी सदस्य छत्र लामा, चुणामणी ढकाल, सामूहिक लगानी यूएईका सम्योजक प्रदिप पौडेल आदिले ती प्रश्नहरुलाई प्रष्टाएका थिए ।

गैर आवासीय नेपाली संघ मध्यपूर्वक सह सम्योजक लोकनाथ सुवेदीको प्रमुख आतिथ्य तथा एनसीसी अध्यक्ष चन्द्र रोकायको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आईसीसी सदस्य छत्र लामा, विमल तामाङ्ग, चुणामणी ढकाल, मध्यपूर्वक सह सम्योजक लोकनाथ सुवेदी, एनसीसी सल्लाहकार मोहन शर्मा, भुवन राई भू.पू मध्यपूर्वक सम्योजक तथा समाजसेवी चन्द्र प्रसाद सापकोटा लगायत अन्य प्रवासी नेपालीहरुको वृहत उपस्थित रहेको थियो ।
उपस्थित नेपालीहरुले न्युनतम् एक लाख देखी १ करोड सम्म रकम कवुल गरेका थिए । रकम संकलन अभियान यो नै अन्तिम नभएको र सेप्टेम्वर १२ २०१२ सम्म पनि रकम कवुल गर्न सकिने भएको हुनाले अझै रकम संकलन हुने सामूहिक लगानी टाक्स फोर्सका सदस्य तथा एनसीसी अध्यक्ष चन्द्र रोकायले बताए ।

उक्त कार्यक्रम दिनको २ बजेदेखी ४ बजे सम्म यूएईका अन्य प्रान्तहरुमा रहेका क्षेत्रिय समन्वय समितिका पदाधिकारीहरु लगायतका अन्य प्रवासी नेपालीहरुलाई, एनआरएन के हो ?, यसका उद्देश्यहरु के के हुन् ? एनआरएनका काम कर्तब्य, आईसीसी, एनसीसी भनेको के हो? यसको संरचना कस्तो प्रकारको छ ? हाल सम्म कति वटा देशमा यो सञ्जाल फैलिएको छ आदी इत्यादी विषयमा प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त प्रशिक्षणमा एनआरएन आईसीसी सदस्य चुणामणी ढकाल, मध्यपूर्वक सह सम्योजक लोकनाथ सुवेदी, एनसीसी अध्यक्ष चन्द्र रोकाय, एनसीसी प्रवक्ता निमेश गिरीले तिनै विषयहरुमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।