विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेष्ट इन्डिज खेल्दै

२७ जेष्ठ २०७६, सोमबार १०:४४ मा प्रकाशित

इंग्ल्यान्ड,२७ जेठ । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दै छन् । इंग्ल्यान्डको साउथह्याम्पटनमा नेपाली समयअनुसार ३ः१५ बजे खेल सुरु हुनेछ । यसघिका तीनै खेल हारेको दक्षिण अफ्रिका आजको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने दाउमा हुनेछ ।

पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनले हार ब्यहोरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा बंगलादेशसँग २१ रन र तेस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

विश्वकपको आगामी यात्रालाई कायमै राख्न दक्षिण अफ्रिकाले आजको खेल जित्नै पर्ने हुन्छ ।

आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेको वेष्ट इन्डिजले दोस्रो खेलमा भने विश्वविजेता अष्ट्रेलियासँग १५ रनको हार ब्यहोरेको थियो । वेष्ट इन्डिजको यो तेस्रो खेल हो ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले