संसद बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

२७ जेष्ठ २०७६, सोमबार १०:३४ मा प्रकाशित

काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभामा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल आजबाट सुरु हुदैछ । संघीय संसदमा प्रस्तुत बजेटबारे सांसदहरुबीच छलफल गरेर पारित गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप आजबाट छलफल हुन लागेको हो ।

सोमबार बिहान ११ बजे बस्ने बैठकमा बजेटको मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे सांसद्हरुले राखेका विभिन्न प्रस्तावबारे छलफल हुनेछन् ।

संसद्मा प्रस्तुत विधेयकमा दुर्गा पौडेल, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मालगायतका सांसद्हरुले विभिन्न प्रस्ताव राखेका छन् । यही प्रस्तावबारे छलफल हुने र मन्त्रीले जवाफ दिनेछन् ।

राष्ट्रियसभा बैठक पनि आजै बस्दैछ । विहान ११ बजे नै बस्ने बैठकमा आ.ब. २०७६/७७ को राजस्व र व्ययबारे छलफल हुनेछ । छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उत्तर दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी