विश्वविजेता अष्ट्रेलिया भारतसामु निरिह

२७ जेष्ठ २०७६, सोमबार १०:२७ मा प्रकाशित

लन्डन, २७ जेठ । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई हराएको छ । लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो ।

३५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका लागि स्टिेभन स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स करेयले ५५ रन बनाए । त्यस्तै, उस्मान खवाजाले ४२, कप्तान एरोन फिन्चले ३६ र ग्लेन म्याक्श्वेलले २८ रन बनाए ।

बलिङतर्फ भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३–३ विकेट लिदा युजभिन्द्र चाहालले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २५२ रन बनाएको थियो । भारतका शिखर धवनले शतक बनाए । उनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाए । कप्तान विराट कोहलीले ७७ बलमा चार चौका र दुई छक्काको मद्दतमा ८२ रन बनाए ।

ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए ।

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो भने अष्ट्रेलियाको पहिलो हार हो । यसअघि भएको दुई खेलमा अष्ट्रेलियाले जित हात पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति