मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, आन्तरिक ऋण उठाउने र बैंकको मर्जर प्राथमिकतामा

२७ जेष्ठ २०७६, सोमबार ०९:५६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । राष्ट्र बैंकले सरकारको साढे ८ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्य भेट्टाउने गरि मौद्रिक नीति ल्याउने तयारी थालेको हो ।

राष्ट्र बैंकको अनुसन्धान विभागले सार्वजनिक सूचना प्रकाशित गरेर मौद्रिक नीतिको लागि सुझाव संकलन गरिरहेको छ ।

सरकारले आर्थिक बर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९७ करोडको बजेट ल्याएको छ । यसको स्रोत व्यवस्थापनमा १० खर्ब राजश्वबाट उठाउने सरकारको लक्ष्य छ भने बाँकी अनुदान, आन्तरिक ऋण र बैदेशिक ऋणबाट जुटाउने भएको छ । १ खर्ब ९५ अर्ब आन्तारिक ऋणको स्रोत भनेको बैंकिङ नै हो ।

तरलता व्यवस्थापन

अहिले नेपालका बैंकहरु भने तरलता संकटमा छन् । यस्तो अवस्था राष्ट्र बैंकलाई सरकारको लक्ष्य अनुसार विकास ऋणपत्र र ट्रेजरी विल मार्फत आन्तरीक ऋण उठाउन चुनौती छ । राष्ट्र बैंकले तरलता ब्यवस्थापनलाई मौद्रिक नीतिमा पहिलो प्राथमीकतामा राख्ने देखिन्छ ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको लागि आन्तरीक ऋण उठाउन राष्ट्र ऋण उठाउने विधेयक संघिय संसद सचिवालयमा दर्ता गरीसकेको छ । आन्तरिक ऋण उठाउने धेरै वटा माध्यम छन् । त्यसमध्ये १ वर्ष भन्दा कमको ऋण उठाउनु परेमा २८ दिन देखि ३६४ दिन सम्मको विभिन्न समयाअवधिको ट्रेजरी विल विक्रि गरेर उडाउने ब्यवस्था रहेको छ भने १ वर्ष भन्दा माथिको ऋण उठाउँदा विकास ऋणपत्र, नागरिक बचत पत्र, बैदेशीक रोजगार बचतपत्र र राष्ट्रिय बचतपत्रको नाममा उठाउने गरेको छ । यसमध्ये बढी मात्रमा भने ट्रेजरी विल र विकास ऋणपत्र भनेर उठाउने गरेको छ ।

राष्ट्र बैंकले विकास ऋणपत्र र ट्रेजरी विल विक्रि गर्दा बोलकबोल मार्फत विक्रि गर्ने गर्दछ । बोलकबोलमा बैंकिङ क्षेत्र मात्र सहभागि हुन पाउँनेछन् । बोलकबोल मुल्यको आधारमा गैर बैंकीङ क्षेत्रले पनि अधिकतम १५ प्रतिशत सम्म लगानी गर्न पाउँने ब्यवस्था छ ।

विग मर्जर

सरकारले आगामी आर्थिक वर्षमा ठुला बाणिज्य बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने बजेटमै बताएको छ । मौद्रिक नीतिमा वाणिज्य बैंकको विग मर्जरले प्राथमिकता पाउन सक्ने चर्चा चलिरहेको छ । बैंकरहरु पनि बजेटले विग मर्जरलाई प्रोत्साहन गरेको भन्दै मौद्रिक नीतिको ब्यवस्थाको आधारमा मर्जमा जान सक्ने नसक्ने अवस्थाबारे बोल्न सकिने बताइरहेका छन ।

तर राष्ट्र बैंकले केही कमजोर वाणिज्य बैंकका प्रमोटरहरुलाई बोलाएर मर्जरमा जान दबाब दिइरहेको छ । राष्ट्र बैंकको उदेश्य भने केही वाणिज्य बैंकको बीच मौद्रिक नीति अगावै मर्जरको सम्झौता होस भन्ने रहेको स्रोतको भनाई छ । तर राष्ट्र बैंकले मौद्रिक नीतिमा विग मर्जरको विषयलाई समावेश गर्नेमा भने दुईमत छैन ।

यस्तै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्तलाई पनि मर्जमा जान बाध्यत्माक नीति लिन सक्ने देखिएको छ । राष्ट्र बैंकसँग लघुवित्तलाई मर्जरमा जानको लागि ४ गुणासम्म पूँजी बढाउने वा पुँजी पर्याप्तता अनुपातलाई बढाउने दुई वटा विकल्प रहेको स्रोतले जानकारी दिएको छ । पहिलो विकल्पमा नै राष्ट्र बैंक अगाडी बढ्न सक्ने लघुवित्तकर्मी बताउँछन । लघुवित्तको पुँजी ४ गुणासम्म बढाउन र पूँजी वृद्धि गर्दा हकप्रद शेयर निष्कासनमा रोक लगाउँदै मर्जमा जान बाध्यात्मक अवस्था र्सिजना गराउनसक्ने स्रोतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।