उदयपुरको त्रियुगा नगरपालिकाद्वारा पत्रकारलाई ल्यापटप वितरण

२६ जेष्ठ २०७६, आईतवार १८:४३ मा प्रकाशित

उदयपुर, २६ जेठ । उदयपुरको त्रियुगा नगरपालिकाले पत्रकारलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाले जिल्लाको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक/एक थान ल्यापटप बाँडेको हो ।

मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । निष्पक्ष र सत्य समाचार लेख्नमा सहयोग पुगोस् भनेर पत्रकारलाई ४५ हजार रुपैयाँ प्रतगोटाका ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले प्रविधि हस्तान्तरणमा १२ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ ।

नगरपालिकाका सूचना अधिकारी विश्वजित राईका अनुसार पत्रकार कौशल चेम्जोङ संयोजकको समिति बनाएर ल्यापटप वितरणका लागि पत्रकारको नाम छनोट गरिएको थियो । नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका अध्यक्ष भरत खड्काले स्थानीय पत्रपत्रिका तथा रेडियो आर्थिक रुपमा धरासायी भएको भन्दै नगरले सहयोग गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार