८४ हजारले दिए कोरियन भाषा परीक्षा, ८ हजार अनुपस्थित

२६ जेष्ठ २०७६, आईतवार १७:२६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २६ जेठ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेको भएपनि परीक्षामा भने ८ हजार १४१ जना अनुपस्थित रहे ।

वैदेशिक रोजगार विभागका अनुसार शनिबार भएको परीक्षामा १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भएका छन् । विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ