भनेको नमान्ने प्रशासकीय अधिकृत निलम्बनमा

२६ जेष्ठ २०७६, आईतवार १७:१४ मा प्रकाशित

रासस, रौतहट, २६ जेठ । सरुवा गरेको ठाउँमा नगएका रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । उनी विभागबाट निलम्बनमा परेको हुन् ।

कार्कीलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको थियो । सरूवापछि लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर भएपछि उनलाई निलम्बन गरेको हो ।

विभागको अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्यादसमेत गुजारेकाले निजामती सेवा ऐन, २०४९ को दफा ६४ ९१० बमोजिम अभियोगको जाँच गर्ने प्रयोजनका लागि दफा ६४ ९३० बमोजिम दुई महिनाका लागि निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जनकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३