‘नाडा अटो शो’को स्टल बुकिङ खुला 

२६ जेष्ठ २०७६, आईतवार १६:४० मा प्रकाशित

काठमाडौँ, २६ जेठ । नेपाल अटोमोबाइल्स डिलर एसोसियसन नाडाले विगत वर्षजस्तै यसवर्ष पनि नाडा अटो शो को आयोजना गर्ने भएको छ । यसवर्ष आयोजना हुन लागेको अटो शो का लागि स्टल बुकिङ खुल्ला भएको छ । नाडाले सुचना जारी गर्दै अटो शोमा सहभागी हुन सोमबार (जेठ २७) देखि जेठ ३० गतेसम्म बुकिङ गर्न खुल्ला गरेको हो ।

तोकिएको समय सकिएपश्चात लक्की ड्र मार्फत सहभागिको स्टल छनोट गर्ने नाडाले जनाएको छ ।

अटो शोमा नेपालमा भएका प्रायजसो सबै ब्राण्डको सहभागिता रहनेछ । २५ ओटा चारपांग्रे सवारी बिक्रेता कम्पनी, त्यसैको हाराहारिमा दुइपांग्रे सवारि बिक्रेता कम्पनी र स्पेयर पार्टस कम्पनीको पनि अटो शो मा सहभागीता रहने जनाएको छ । शोमा नेपालमा उत्पादन भएको लुब्रिकेन्ट र टायर प्रदर्शनीमा राखिनेछ ।

नाडा अटो शो भाद्र १० गतेदेखि १५ गतेसम्म भृकुटिमण्डपमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ