काभ्रेको चौरीदेउराली गाउँपालिकाद्वारा ठेक्का प्रक्रियामा आफ्नै नियम, बैंक ग्यारेन्टी मान्य नहुने

२६ जेष्ठ २०७६, आईतवार १४:३७ मा प्रकाशित

काभ्रे, २६ जेठ । काभ्रेको चौरीदेउराली गाउँपालिकाले भौतिक संरचना निर्माणका लागि आह्वान गर्ने बोलपत्रमा २५ प्रतिशत नगद धरौटी अनिवार्य गर्ने नियम बनाएको छ । सामान्यतय भौतिक संरचना निर्माणका लागि आह्वान भएको बोलपत्रमा टेण्डर प्रक्रियामा भाग लिनेका लागि बैंक ग्यारेन्टी राख्ने प्रचलन छ । तर गाउँपालिकाले ठेकेदारले कामको सम्झौता गर्ने तर समयमै काम नसक्ने प्रवृत्ति रहेको भन्दै एकवर्षे योजनाका लागि २५ प्रतिशत नगर धरौटी अनिवार्य गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले ठेकेदारले समयमै निर्माण सम्पन्न नगर्ने भएकाले गाउँपालिकाले कार्यविधि बनाएरै २५ प्रतिशत नगद धरौटी लिने व्यवस्थालाई गाउँसभाले पारित गरेको बताए । उनका अनुसार निर्माणको जिम्मा पाउने ठेकेदार वा फर्मले जम्मा गरेको २५ प्रतिशत नगद योजनाको भौतिक प्रगति २० प्रतिशत सम्पन्न भएपछि २० प्रतिशत फीर्ता पाउनेछ । बाँकी ५ प्रतिशत भने काम सम्पन्न भएपछि मात्रै पाउनेछ ।

निर्माण सम्पन्न गरेर ठेकेदारले गाउँपालिकालाई हस्तान्तरण गरेपछि मात्रै भूक्तानी गरिनेछ ।

यससम्बन्धमा निर्माण व्यवसायी महासंघका उपमहासचिव टंक चौलागाईले सबै तहका सरकार व्यवसायीलाई चेप्न लिप्त भएको बताए । चलनमा रहेको अभ्यास अनुसार नपाउने भएपनि काभ्रेको चौरीदेउरालीले काम ढिलो हुने गरेको भन्दै कार्यविधि ल्याएर निर्माण व्यवसायीलाई असजिलो बनाउने काम गरेको उनको आरोप छ । काम हुँदै जाँदा प्रगतिअनुसार भूक्तानी दिँदै जानुपर्ने भएपनि पहिला २५ प्रतिशत नगद धरौटी लिने र योजना वापत ठेकेदारले पाउनुपर्ने पैसा चाँही काम सकेपछि मात्रै दिने नियम गलत भएको उनको भनाई छ । चौलागाईले यस्तो नियमले व्यवसायीलाई टेण्डर प्रक्रियामा भाग लिनै समस्या उत्पन्न गराउने बताए ।

गाउँपालिका अध्यक्ष गौतमका अनुसार नयाँ कार्यविधि आईसकेपछि पनि सम्झौता भएर काम सुरु भईसकेको छ । यो कार्यविधि पश्चात काजीथुम्का भ्यू टावर निर्माणको सम्झौता भईसकेको छ । निर्माणको जिम्मा पाएको फ्युचरल्याण्ड कन्ट्रक्सनले केही दिनमै सामान पुर्याउने उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष गौतमले निर्णय चित्त नबुझे अदालत जाने बाटो खुल्ला रहेको बताएका छन् । पत्रकारलाई समेत गाउँपालिको सम्बन्धनमा अनावश्यक चासो नराख्न उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय