कोरियन भाषा परीक्षामा ४७ नक्कली परीक्षार्थी पक्राउ

२६ जेष्ठ २०७६, आईतवार १२:५४ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षा शनिबारबाट सुरु भएको छ । आइतबार पनि परीक्षा चल्दैछ । काठमाडौं र पोखरामा चलिरहेको परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुने भनिएको थियो । 

पहिलो दिन शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ जना सहभागी भएनन् । शनिबार ४७ जना परीक्षार्थी निष्कासितसहित पक्राउ भएका छन् । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिईएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । ‘पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ,’ भुसालले भने ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदार लैजाने भएको छ । अहिले सञ्चालन भईरहेको परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने कोरियाको तयारी छ ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको