जर्मनी एन आर एनको बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० श्रावण २०६९, शनिबार १८:५३ मा प्रकाशित

दयाराम पौड्याल । जर्मनीको वेस्टफालेन क्षेत्रमा एन आर एनका साथीहरु बिच एक आपसमा बिविध बिषयमा बिशेष अन्तरक्रिया कार्यक्रम समापन भयो ।
२९ जुलाई २०१२ का दिन जर्मनीको वेस्ट फालेन क्षेत्रको एसेन शहरमा यस क्षेत्रमा रहेका एन आर एनका सकृय साथीहरु बिच एक विषेश अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम एन आर एन जर्मनीका दयाराम पौड्यालले आयोजना तथा संचालन गरेका थिए । एन आर एन जर्मनीका उपाध्यक्ष कृष्ण प्रशाद गौतम, एन आर एन आई सी सी टास्क फोर्सका सदस्य बिजय मोक्तान एन आर एन जर्मनिका युवा संयोजक रण बहादुर साउद, महिला संयोजक कमला दाहाल एल सी सी वेस्ट फालेनका प्रतिनिधिहरु क्रमस ससंयोजक दिपक लामा सचिव, प्रकाश शर्मा सह सचिव, होम शर्मा तथा अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखा सचिव तारा थापा अन्तर्राष्ट्रिय कलाकार मंच जर्मनीका अध्यक्ष लब थापा साथै कार्यक्रममा महिलाहरुको बिशेष सहभागिता रहेको थियो ।

कार्यक्रममा आ-आफ्नो बिचार राख्ने क्रममा सर्वप्रथम एन आर एन जर्मनिका उपाध्यक्ष कृष्ण प्रशाद गौतमले राखेका थिए । वेस्ट फालेनमा एन आर एनले सबै सामाजिक संघ संस्थाहरुलाई प्रतक्ष्य सहयोग गर्न नसकेकोमा दु:ख व्यक्त गर्दै आगामी दिनमा सक्दो सहयोग गर्न आफ्नो तर्फबाट केन्द्रमा बिशेष पहल गर्ने बचन व्यक्त गरेका थिए भने एन आर एन जर्मनीका सल्लाहकार बिजय मोक्तानले हाल यस क्षेत्रका समाजले एन आर एन प्रती देखाएका कमि कमजोरीहरुलाई सच्याउँदै अगाडी बढ्न सकेनौं र एल सि सि ले एन सि सि सँग समन्वय गर्ने बातावरण तय गरेन भने यसबाट एन आर एनलाई पर्न सक्ने असर बारे खुलेर प्रस्ट पारेका थिए । कलाकार मंचको तर्फबाट लाबा थापाले कलाकार मंच र एन आर एन बीचको आपसी सम्बन्ध मजबुत बनाउने र सहकार्य गरेर कार्यक्रमहरु ल्याईनु पर्ने भनि आफ्नो धारणा प्रस्ट राखेका थिए । युवा संयोजक राणा बहादुर साउदले समाजमा उत्पन भएको बिविध समस्याहरु उपर आगामी बैठकमा जोरदार साथ राख्ने छु भनेका थिए भने महिला संयोजक दाहालले आगामी तिज भब्यताका साथ मनाउन सबैले साथ दिन हुन सबैमा अनुरोध गरेकी थिइन् । सबैले अ-आफ्नो बिचार राख्ने क्रममा यल सी सीका प्रतिनिधिहरुले संयुक्त रुपमा एल सी सी भित्र भएका स-साना समस्याहरुले गर्दा समाजमा एन आर एन प्रति नकरात्मक सोच पर्न गएको भन्दै बेलैमा केन्द्रीय पक्षबाट केही बिशेष पहल नचालेमा एन आर एन प्रति सिधा नराम्रो छाप पर्ने छ भनेका थिए ।
बिशेष गरी कार्यक्रममा एन आर एन र सामाजिक संघ संस्थाहरु बिचको दुरी कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत रही व्यापक छलफल गरिएको थियो । छिट्टै एन आर एन ले वेस्ट फालेनमा रहेका सम्पूर्ण सामाजिक संगठनहरु लगायत बिभिन्न राजनीतिक दलसँग आबद्ध संस्थाहरुलाई समेत सहभागिता गरार्इ एक बृहत अन्तर्किया कार्यक्रम आयोजना गरिने जानकारी एन आर एन जर्मनीका संघ संस्था सम्पर्क संयोजक दयाराम पौड्यालले दिएका थिए ।
उक्त कार्यक्रममा स्थान र स्वादिष्ट नेपाली पारीकार सहित खाजा चमेनाको ब्यबस्था गराई दिए बापत सबैले जन सम्पर्क समिति केन्द्रीय सदस्य पवित्रा पौड्याललाई हार्दिक धन्यवाद दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र