अर्जुन क्षेत्री नक्कली ज्योतिष, यस्ता छन् प्रमाण !

२६ जेष्ठ २०७६, आईतवार ११:५५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २६ जेठ । सर्वसाधारणमा त्रास फैलाएको भन्दै ज्योतिष अर्जुन क्षेत्री भनिने अजुृन कुमार थापा पक्राउ परेका छन् । उनले जेठ महिनाभित्रमा नेपालमा ठूलो भूकम्प आउने भन्दै हल्ला फैलाएपछि उनलाई पक्राउ गरिएको हो ।

नक्कली ज्योतिष
तर उनी ज्योतिष हुन भन्ने विषयमा उनका नजिकका आफन्त भने फरक धारणा राख्छन् । के उनी साँच्चै ज्योतिष नै हुन् त ? उनले आफू भारतमा अध्ययन गरेर आफू फेस रिडर भएको भन्दै नागरिकमा अफवाह फैलाउँदै आएका छन् । तर उनी जम्मा एलएलसी पास व्यक्ति मात्रै हुन् ।

अर्जुन थापा (उनको भाषमा युवा ज्योतिष अर्जुन क्षेत्री) ले २०७२ सालमा रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित श्री माध्यमिक विद्यालय भङ्गेरीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । विद्यालयका प्रधानाध्यापक ढुण्डिराज बख्रेलले यो कुराको पुष्टि गरेका छन् । २०७३ सालमा गौरिशंकर उमाविमा कक्षा एघारमा भर्ना भएका उनले सोही वर्ष जिल्लाकै पुरानो सामुदायिक रेडियो ‘हजुरको रेडियो १०२.१ मेगाहर्ज’मा समेत काम गरेका थिए । केही महिना रेडियोमा काम गरेर छोडेर थापा सिन्धुली जिल्लाको ग्वाल्टारमा रहेको एक बोर्डिङ स्कुलमा पढाउन समेत गए । त्यहाँ पनि विवाद भएपछि उनी छोडेर काठमाडौँ हानिएका थिए ।

भोजपुर घर भएका उनी मावलीमा बसेर पढेका थिए । उनका पीता सेनाको जागिरकै क्रममा वितेका थिए । आमाले चिया दोकान गरेर उनलाई हुर्काएकी र पढाएकी थिईन ।

केही महिना साथीभाईसँग सम्पर्कमा नआएका उनी एकाएक ज्योतिष हुँ भन्दै देखा परे । एक युटुब च्यानलले उनको अन्तरवार्ता प्रशारण गरेपछि विभिन्न युटुब च्यानलहरुमा उनको अन्तरवार्ता प्रकाशन, प्रशारण हुने क्रम चल्यो । उनले आफूलाई विभिन्न अन्तरवार्तामा २७ वर्षीय र विभिन्न देशको अवार्ड समेत जितिसकेको बताएपनि उनको जन्म २०५७ असोज २४ गते भएको हो ।

उनले श्री मध्यमिक विद्यालय भङ्गेरीबाट प्रवेशिका परीक्षा दिँदा उनको सिम्बोल नम्बर ०१८३५३४ र अल्फाबेट जेड हो । उनले एलएलसी परीक्षाका लागि भरेको रजिष्ट्रेशन नम्बर ७२१८०७५००१ हो ।

उनले विभिन्न युटुब च्यानलमा अन्तरवार्ताको क्रममा देशमा भूकम्प आउने, वर्तमान सरकार २०७८ सालभन्दा नटिक्ने, २०८० सालसम्ममा नेपालमा राजा आउने लगायतका भ्रमित अफवाह फैलाउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार