पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, ९ बिरामी

२६ जेष्ठ २०७६, आईतवार ०९:४० मा प्रकाशित

पाल्पा, २६ जेठ । पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ की ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन्। विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया निर्मला खाम्चा, ८१ वर्षीय प्रेम सिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह ठकुरी, ७ वर्षीय सुमन सिंह ठकुरी, धनकुमारी सिंह ठकुरी, निसा सिंह ठकुरी र निरुता सिंह रहेका छन् ।

बिरामी सबैको नवलपुरको डण्डा स्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउ तकारीका रुपमा खाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को