चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित

२६ जेष्ठ २०७६, आईतवार ०९:०० मा प्रकाशित

काठमाडौँ, २६ जेठ । चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन । सनिबार भएको निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै खड्का निर्वाचित भएका हुन । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।

बिजयी भएपछि खड्काले आफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए । यस्तै, अध्यक्षमा हार ब्यहोरेकी उम्मेदवार सरिता लामिछानेले चलचित्र कलाकार संघमा गैह्र कलाकार नआएको भन्दै रविन्द्रलाई शुभकामना दिएकी थिइन् ।

त्यस्तै, उपाध्यक्षमा रेजिना उप्रेती, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाहा अधिकारी, सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएका छन । त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना