शेयरबजारमा महिलालाई आरक्षण

२५ जेष्ठ २०७६, शनिबार १५:५५ मा प्रकाशित

काठमाडौँ, २५ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शेयरबजारमा महिलाहरुको लगानी बढाउनु पर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको २७ औ वार्षिकोत्सवमा मन्त्री खतिवडाले कसरी महिलाहरुको स्वामित्व र लगानी बढाउन सकिन्छ भन्ने बारे गृहकार्य गर्न बोर्डलाई आग्रह गरेका हुन् ।

उनले यस बिषयमा बजेट मै केहि ब्यबस्था गर्न खोजिएको भएपनि गृहकार्य गर्न नसकिएकोले बजेटमा नआएको उनले बताए ।

अहिले सबैलाई सम्भव भएसम्म न्यूनतम १० कित्ता आईपिओ दिने नियम जस्तै महिलाहरुलाई केहि बिशेष आरक्षणको प्रावधान बोर्डले गरेमा मन्त्रालय सकारात्मक रहेको उनले बताए । उनले महिलाहरुको शेयरमा सहभागिता बढाउँन आउने प्रावधानको पक्षमा आफु रहेको र यस बिषयमा बोर्डले पहल गर्नु पर्ने उनले बताए ।

पुँजीगत लाभकर घटाउदा घरजग्गामा महिलाहरुको स्वामित्व ८ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको स्मरण गराउदै उनले शेयरबजारमा पनि महिलाहरुको लागि पुँजीगत लाभकर घटाउन सकिने आशय व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार