आईपिओ निष्काशनमा नयाँ नियम आउँदै

२५ जेष्ठ २०७६, शनिबार १५:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २५ जेठ । नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशनमा नयाँ नियम ल्याउने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले अन्तराष्ट्रिय अभ्यासलाई समेत मध्यनजर गरेर शेयर निष्काशनको मोडालिटी परिवर्तन गर्ने बताएका छन् ।

बोर्डको २७ औ वार्षिकोत्सवमा कार्कीले अन्तराष्ट्रिय अभ्यासमा रहेको ओपन बिडिङ सिस्टम, फिक्सड प्राईजिंङ सिस्टम लगायतको तरिकाबाट शेयर निष्काशन गर्न सकिने ब्यबस्था ल्याईने बताएका हुन् ।

बोर्डले यस्तो नियम कार्यन्वयन ल्याएमा अंकित मूल्यमा आईपिओ पाइने छैन । ओपन बिडिङ सिस्टम लगानीकर्ताले आफै यति रकम तिर्छु भनेर बिड गर्छन भने फिक्सड प्राईजिंङ सिस्टममा कम्पनीले नै आफ्नो कम्पनीको मूल्य यति भनेर तोक्ने गर्छ । यहि कारण यी नियम कार्यन्वयनमा आए आईपिओ सय रुपियाँ मै नपाइन सकिने भएको हो । यद्यपि केहि कमजोर कम्पनीको आईपिओ भने अंकित मूल्य मै पाइन् सक्छ ।

हाल नेपालमा प्रति कित्ता एक सयमा आईपिओ निष्काशन हुदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

आजको प्रमुख समाचार