दुबईमा यात्रु बस दुर्घटना हुँदा १७ यात्रुको मृत्यु

२४ जेष्ठ २०७६, शुक्रबार १८:०० मा प्रकाशित

दुबई, २४ जेठ । दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अरू व्यक्ति घाइते भएका छन्। ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए। शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने व्यक्ति विभिन्न देशका नागरिक भएको बताइएको छ। भारतीय अधिकारीहरूका अनुसार दुर्घटनामा आठ भारतीय नागरिकको मृत्यु भएको छ। पचास वर्षआसपासका बसचालक घाइते भएका छन् र उनको उपचार हुँदैछ। दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ।

दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनामा परेका मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको छ। दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल(मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने बताएका छन्।

आधिकारिक रूपमा दुर्घटनाको कारणबारे र अन्य विवरण आएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार उचाइको सीमितासम्बन्धी जानकारी दिन राखिएको सङ्केतचिह्न छल्न खोज्दा सो बसको दिशा अकस्मात् परिवर्तन भएको र छानो चिरिएको थियो। दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेको छ। उसले मृतकका परिवारसँग आफ्नो सम्पर्क रहेको जनाएको छ।

दुर्घटनामा परेर घाइते भएका अरू भारतीय नागरिकको उपचार हुँदैछ। अरू मृतकबारे थप जानकारी प्राप्त भएको छैन। ओमानी बस कम्पनी म्वासलातले घटनाप्रति दुस्ख व्यक्त गर्दै मस्कट र दुबईबीच सञ्चालित आफ्नो बससेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१