जोरपाटीमा प्रहरीले गोली चलायो

२४ जेष्ठ २०७६, शुक्रबार १५:५१ मा प्रकाशित

काठमाडौँ, २४ जेठ । काठमाडौंको अत्तरखेलमा प्रहरीले गोली चलाएको छ । लुटेरालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानेर नियन्त्रणमा लिएको हो ।

उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । तामाङको खुट्टामा गोली लागेको छ ।

तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरबाट १ लाख ७० हजार लुटेका थिए । २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए ।

प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ । ‘यो समूह काठमाडौंमा रेमिट्यान्स कम्पनीहरुलाई लक्षित गरेर लुट्ने समूह हो’ एसएसपी थापाले भने।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ