प्रधानमन्त्री ओलीले भने, ‘राजावादीहरु मूर्ख हुन्’

२४ जेष्ठ २०७६, शुक्रबार १५:०३ मा प्रकाशित

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन चाहेको बताएका छन् । ‘नयाँ–नयाँ कामको थालनी भइरहेको छ, सरकार देशलाई संमृद्धिको मार्गमा डोहोर्याउदैछ’ ओलीले भने । उनले मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र संमृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि राजतन्त्र चाहने मुर्खहरु भएको बताए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को उद्घाटन गर्दै ओलीले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न कार्यक्रमले सहयोग पुर्याउने बताए । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । उनले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सन्चालन गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय