हावाहुरीका कारण काङ्ग्रेसको जागरण अभियान स्थगित

२४ जेष्ठ २०७६, शुक्रबार १२:५३ मा प्रकाशित

काठमाडौँ, २४ जेठ । कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीका कारण नेपाली काङ्ग्रेसको जागरण अभियान स्थगित भएको छ । काङ्ग्रेसले जागरण अभियान अन्तर्गत २५ गते सबै जिल्लामा आमसभा गर्ने तय भएपनि कैलाली र कञ्चनपुरमा स्थगित गरिएको हो ।

अभियान अन्तर्गतका सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारमा रुपान्तरण गरी दुई जिल्लाका केन्द्रीय प्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा खटिन कांग्रेसले आग्रह गरेको छ ।

यसैबीच कांग्रेसले हावाहुरी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

बिहिबार रातीको हावाहुरकिा कारण २ जनाको मृत्यु भएको छ भने सय बढी घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८