प्रहरी हुँ भन्दै मान्छे कुट्ने पक्राउ

२४ जेष्ठ २०७६, शुक्रबार १२:०८ मा प्रकाशित

काठमाडौँ, २४ जेठ । नेपाल प्रहरीको निरीक्षक हुँ भन्दै सर्वसाधारण कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोका २० वर्षीय सौगात लुइँटेल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले उनलाई पेप्सिकोलाबाट पक्राउ गरेको हो । पैदल यात्रु बलबहादुर सार्कीलाई प्रहरीको निरीक्षक हुँ भन्दै लुइँटेल र नायब निरीक्षक हुँ भन्दै योहुना घले मगरले कुटपिट गरेका थिए ।

वृत्तका प्रमुख गोविन्दराज काफ्लेका अनुसार नक्कली प््हरी बनेर सर्वसाधारणको जिउ ज्यान जाँच गर्ने गरेको भन्दै उनीहरु विरुद्ध उजुरी परेको छ ।लुइँटेलसँगै रहेर आफूलाई सईको परिचय दिने मगर भने अझै फरार छन् । उनको खोजी भइरहेको डीएसपी काफ्लेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि