भारतले तोड्यो सलमानका सबै रेकर्ड, यस्तो त ओपनिङ कलेक्सन

२३ जेष्ठ २०७६, बिहीबार १७:०५ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । इदको अवसर पारेर जुन ६ देखि वल्र्ड वाइड रुपमा प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खानको फिल्म भारतले पहिलो दिन बम्पर ओपनिङ गर्दै रेकर्ड बनाएको छ। फिल्मले बर्ष २०१९ मा प्रदर्शनमा आएको सबै बलिउड चलचित्रको पहिलो दिनको कमाइको रेकर्ड तोडेको छ ।

इदको अवसर पारेर रिलिज गरिदा सलमानको फिल्मलाइ फाप्ने गरेको बताइन्छ । सोहि कारण खानको फिल्म बर्षेनि इदको अबसर पारेर रिलिज गरिन्छ। भारतले बर्ष २०१९ कै सबैभन्दा बढि ४२.३० करोडको ओपनिङ गरेको छ। यो बर्ष प्रदर्शनमा आएको कलङकले २१.६० करोडको ओपनिङ गरेको थियो।

भारतको यो ओपनिङले खानको अघिल्ला फिल्मले बनाएका सबै ओपनिङ रेकर्ड तोडेको छ । खानको प्रेम रतन धन पायोले ४०.३५ करोडको ओपनिङ गरेको थियो साथै खानकै सन् २०१६ मा प्रदर्शनमा आएको चलचित्र सुल्तानले ३६.५४ करोडको ओपनिङ गरेको थियो ।

भारत नेपालमा बुधबारबाट प्रदर्शनमा आएको छ ।

भारत विश्वभरिका करिब ६ हजार भन्दा बढि हलहरुबाट प्रदर्शन भइरहेको तरण आदर्शले जानकारि दिएका छन् । फिल्मलाइ अलि अब्बास जफरले निर्देशन गरेको छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै