जनप्रतिनिधिलाई उद्योग वाणिज्य महासंघ र अमेरिकन दूतावासद्वारा तालिम

२३ जेष्ठ २०७६, बिहीबार १६:५६ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासले स्थानीय सरकारका पदाधिकारीलाई तालिम दिन सुरु गरेका छन् । बिहिबारबाट सुरु भएको तालिम चार दिनसम्म चल्नेछ । प्रदेश नम्वर ३ भित्रका स्थानीय सरकारका पदाधिकारीका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

तालिमकोसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रूपमा उद्घाटन गरे ।

मन्त्री पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्य गर्दै स्थानीय सरकारको प्रभावकारी संचालन आवश्यक रहेको बताए । उनले विकासप्रति जनताका इच्छा आकांक्षा निकै धेरै भएका र तीनलाई पुरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतास“ग जोडिएर कार्य सम्पादन गर्न स्थानीय पदाधिकारीहरूलाई आग्रह गरे ।

महासंघका अध्यक्ष राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको बताईन् । स्थानीय जनप्रतिनिधि नरहेको अवस्थामा निजी क्षेत्रले नागरिकसग जोडिएर काम स्मरण गराउँदै राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताईन । नीतिगत सुधार, पूर्वाधार विकास, करमैत्री वातावरण र सुशासन आर्थिक विकासका प्रमुख आधार भएकाले स्थानीय सरकारले यसमा आफूलाई दृढ राख्नु पर्ने उनको जोड छ ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु¥याउने उद्देश्यले महासंघस“गको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी दिए ।

तालिममा प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिब ५० जना पदाधिकारी सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत