नेकपा जिल्ला इञ्चार्जको टुंगो प्रधानमन्त्रीको युरोप भ्रमणपछि

२३ जेष्ठ २०७६, बिहीबार १६:०६ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । सत्तासिन नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने काम प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको युरो भ्रमणपछि मात्रै हुने भएको छ । जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने कामसँगै पोलिटब्यूरो गठन पनि पछि धकेलिएको छ ।

अध्यक्ष ओली युरोप भ्रमणबाट फर्किएपछि मात्र यी एजेण्डामा छलफल हुने भएको छ । नेकपा सचिवालयमा तीन दिनदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज छनोटको मापदण्डबारे छलफल भएको थियो । बिहीबार पनि तीन नेता ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । तर, सहमति हुन नसकेपछि सचिवालय बैठक दुई मिनेट बसेर सकियो ।

वरिष्ठ नेता नेपाल मन्त्री र सांसदलाई इञ्चार्ज बनाउन नहुने अडानमा छन् भने अध्यक्ष ओलीले भने पोलिटब्यूरो गठनकै क्रममा नेता नेपालको अडान खण्डित भइसकेको बताएका छन् । अर्का अध्यक्ष प्रचण्डले भने मध्यमार्गी बाटो खोजेर पार्टी एकतालाई पूर्णता दिन उपयुक्र्त हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी