क्रिकेटका सट्टाबाजी लगाएर पैसा असुल्ने पक्राउ

२३ जेष्ठ २०७६, बिहीबार १५:५२ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । विश्वकप क्रिकेटमा सट्टावाजी गर्ने तीन ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे घर भएका हाल स्वयम्भु बस्ने ३६ वर्षीय प्रकाश लामा, सोही ठाउँका ३० वर्षीय बिद्युत प्रकाश लामा र रामेछाप लिखु गाउँपालिका–२ सैपु घर भइ रानीवन बस्ने ३३ वर्षीय उमेश कार्की रहेका छन् ।

उनीहरुले ईन्डियन प्रिमियर लिग क्रिकेट, विश्‍वकप क्रिकेट, च्याम्पियनसिप फुटबल समेतका खेलमा बिभिन्न ब्यक्तिहरुलाई हारजितको वाजी राख्न लगाई अबैध रुपमा रकम असुली गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एक लाख रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार