बाग बजारमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

२३ जेष्ठ २०७६, बिहीबार १४:४९ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

साइकललाई ठक्कर दिएको बा४१प ५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–१२ का ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ का २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले