काङ्ग्रेस सांसदको माग, ‘गम्भीर रोग लागेका बिरामीलाई भत्ता दिईयोस्’

२३ जेष्ठ २०७६, बिहीबार १३:०१ मा प्रकाशित

काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् ।

शून्य समयमा बोल्दै यादवले भनिन्, ‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन जोडदार माग गर्दछु ।’ त्यस्तै प्रमुख सचेतक खाँडले भने, ‘नेपालका ५२ जिल्लाका मानिसहरुको औसत उमेर नै ६५ वर्षभन्दा तल छ । त्यसकारण ७० वर्षलाई ६५ गराइयोस् भन्ने हाम्रो माग हो । हिजोको पूर्ववर्ती सरकारले यो निर्णय गरिसकेको थियो । अहिलेको सरकारले यसलाई किन फिर्ता लिने ?’

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्षमा झार्ने निर्णय गरेको थियो । कांग्रेस सांसदहरुले चार प्रकारका बिरामीलाई पाँच हजार भत्ता दिने घोषणा कार्यान्वयनको पनि माग गरेका छन् । कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । तर, यो लागू भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला