मुस्ताङका बाँझो जग्गामा स्याउ खेती अभियान सुरु

२० श्रावण २०६९, शनिबार १७:३५ मा प्रकाशित

म्याग्दी (बाबियाचौर), २० साउन । घाँससमेत नउम्रिने मुस्ताङका खाली जग्गा र नदी बगरमा स्याउ रोप्ने अभियान थालिएको छ । स्थानीय कृषकहरू सहकारीमार्फत् स्याउ खेतीमा लागेका हुन् । मुस्ताङको जोमसोम, मार्फा, कागबेनी, छुसाङ, सुर्खाङलगायतका गाउँहरूमा स्याउ खेती विस्तार गरिएको छ । प्रयोगमा नआएको जग्गामा स्याउ रोप्ने अभियान चलाइएको जोमसोमस्थित इको ग्रो सहकारीका अध्यक्ष कुलबहादुर थकालीले बताउनुभयो । अबको १० वर्षमा मुस्ताङका स्याउ खेतीले क्रान्ति ल्याउने उहाँको भनाइ छ ।

उहाँ आबद्ध सहकारीले दुई हजार ४०० रोपनीमा स्याउ खेती गर्ने लक्ष्य राखेको छ । प्रारम्भमा छ रोपनी जग्गामा आठ हजार बिरुवा रोपिएको छ । ८५ हजार स्याउका बेर्ना भित्र्याएर खाली जग्गामा तारबार गरेर स्याउ रोप्ने काम भइरहेको थकालीले बताउनुभयो ।
त्यस्तै, ग्रिन ताङवे सहकारीले ८०० हेक्टर जमिनमा स्याउ खेती विस्तार गर्ने तयारी गरेको छ । हालसम्म १० हजार बिरुवा रोपिसकेको अध्यक्ष उत्तम ताङ्वेले बताउनुभयो ।
मुस्ताङको स्याउको माग निकै बढेपछि पु¥याउन गाह्रो भएकाले स्थानीय बासिन्दा सहकारीमार्फत् स्याउ खेतीतर्फ आकर्षित भएका हुन् । मुस्ताङमा वार्षिक १९ हजार स्याउका बिरुवा उत्पादन हुने गरेको छ । यसपटक एक लाख बिरुवा जुम्लाबाट ल्याइएको छ ।
जिल्लामा स्थापना भएका सहकारीहरू खाली जग्गामा स्याउ खेती गरी हरियाली बनाउने अभियानमा जुटेका छन् जिल्ला कृषि विकास कार्यालय मुस्ताङका बाली संरक्षण अधिकृत सूर्यबहादुर बोगटीले भन्नुभयो । अबको केही वर्षमा मुस्ताङको स्याउले विदेशबाट स्याउ आयात गर्नुपर्ने समस्या कम गर्ने उहाँले बताउनुभयो ।
उहाँले हावापानी, माटो र वातावरणले अन्य बालीभन्दा स्याउ राम्रो र उत्पादन वृद्धि हुँदै गएकाले स्थानीय खाली जग्गामा स्याउ खेती गर्न उत्साही भएको बताउनुभयो ।
स्याउ खेतीका लागि जिल्ला कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय र जिविसले सिँचाइसँगै स्याउका बिरुवा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी