स्थानीय खोलाबाट तीन मेगावाट विद्युत् उत्पादन

२० श्रावण २०६९, शनिबार १७:२८ मा प्रकाशित

बागलुङ, २० साउन । ऊर्जा जिल्लाको रूपमा विकास गर्न थालिएको बागलुङ जिल्लामा विद्युत् उत्पादनको काम तीव्ररूपमा अगाडि बढेको छ ।
स्थानीय जनता र विभिन्न दातृ निकायको सहयोगमा गाउँगाउँमा विद्युत् उत्पादनको कामलाई तीव्रता दिइएको हो । बागलुङका विभिन्न खोलाबाट करिब तीन मेगावाट विद्युत् उत्पादन भएको छ । जिल्लामा जिल्ला विकास समितिअन्तर्गतको जिल्ला ऊर्जा तथा वातावरण शाखा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रले लघु जलविद्युत्को क्षेत्रमा काम गरेका छन् ।
हालसम्म जिल्लामा सञ्चालित ८७ वटा लघु जलविद्युत् आयोजनाबाट करिब तीन मेगावाट विद्युत् उत्पादन भएको जिल्ला ऊर्जा तथा वातावरण शाखाका ऊर्जा विकास अधिकृत मुकुन्दसेन कार्कीले बताउनुभयो । ‘लघु जलविद्युत्को लागि बागलुङमा धेरै सम्भावना रहेका छन्’ अधिकृत कार्कीले भन्नुभयो, “यसकै विकासबाट अन्य क्षेत्रमा पनि विकास गर्न सकिन्छ ।” हालसम्म बागलुङमा जिल्ला ऊर्जा शाखाको पहलमा एक हजार ५२५ किवा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रको पहलमा एक हजार ११५ किवा विद्युत् उत्पादन भएको छ । अरू निजी क्षेत्रबाट समेत लघु विद्युत् आयोजनाहरू सञ्चालनमा छन् ।
जिल्लामा ३० भन्दा धेरै पोल्ट्रिसेटबाट समेत विद्युत् उत्पादन भएको ऊर्जा अधिकृत कार्कीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विद्युत् आयोजनाबाट अझै १ मेगावाट विद्युत् उत्पादन हुने क्रममा छ ।
बागलुङमा अहिले ८६ वटा लघु जलविद्युत् आयोजना सञ्चालनमा आएका छन् । ती आयोजना सञ्चालन गर्नका लागि करिब रु ७० करोड दातृ निकायको रकम खर्च भएको छ भने रु ५० करोड स्थानीयले नगद तथा श्रमदानमार्फत खर्च गरिएको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।
गाउँलेको सक्रियता भयो भने जिल्लाका अधिकांश गाउँमा लघु जलविद्युत् आयोजनाहरू सञ्चालन गर्न सकिन्छ, धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रका सहायक इन्जिनियर गङ्गाप्रसाद आचार्यले भन्नुभयोे, ‘प्राविधिक तथा आर्थिक सहयोग गर्न हामी तयार छौँ’ ।  उक्त संस्थाले जिल्लामा ४१ वटा लघु जलविद्युत्का आयोजना सम्पन्न गरिसकेको छ । हाल १० वटा आयोजनाहरू निर्माणको क्रममा रहेको आचार्यले जानकारी दिनुभयो । ती आयोजनाबाट उत्पादन हुने ९४० किलोवाट विद्युत् छ हजार १६७ घरधुरीले विद्युत्को उपभोग गर्न पाउँंछन् आचार्यले भन्नुभयो ।
यस्तै, जिल्ला ऊर्जा तथा वातावरण शाखाको सहयोगमा ६ वटा आयोजनाहरू निर्माणाधीन छन् । ती आयोजनाबाट २६० किलोवाट उत्पादन हुने विद्युत् दुई हजार ७६० घरधुरीले प्रयोग गर्नेछन् ।
बागलुङ जिल्ला लघु जलविद्युत्को जिल्लाको रूपमा चिनिन थालेपछि हिजोआज ऊर्जा जिल्लाभित्र ऊर्जा खोला र ऊर्जा गाउँ घोषणा गर्ने लहर चलेको छ ।
आफ्नै गाउँको खोलामा खेर गएको पानीबाट विद्युत् उत्पादन गरेर घरमा उज्यालोसँगै स्थानीयरूपमा व्यवसायहरू समेत फस्टाउँदै गएका छन् । लघु जलविद्युत्बाट बागलुङमा करिब २०० साना तथा मझौला उद्योगहरू सञ्च त नउम्रिने मुस्ताङका खाली जग्गा र नदी बगरमा स्याउ रोप्ने अभियान थालिएको छ । स्थानीय कृषकहरू सहकारीमार्फत् स्याउ खेतीमा लागेका हुन् ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी, छुसाङ, सुर्खाङलगायतका गाउँहरूमा स्याउ खेती विस्तार गरिएको छ । प्रयोगमा नआएको जग्गामा स्याउ रोप्ने अभियान चलाइएको जोमसोमस्थित इको ग्रो सहकारीका अध्यक्ष कुलबहादुर थकालीले बताउनुभयो । अबको १० वर्षमा मुस्ताङका स्याउ खेतीले क्रान्ति ल्याउने उहाँको भनाइ छ ।
उहाँ आबद्ध सहकारीले दुई हजार ४०० रोपनीमा स्याउ खेती गर्ने लक्ष्य राखेको छ । प्रारम्भमा छ रोपनी जग्गामा आठ हजार बिरुवा रोपिएको छ । ८५ हजार स्याउका बेर्ना भित्र्याएर खाली जग्गामा तारबार गरेर स्याउ रोप्ने काम भइरहेको थकालीले बताउनुभयो ।
त्यस्तै, ग्रिन ताङवे सहकारीले ८०० हेक्टर जमिनमा स्याउ खेती विस्तार गर्ने तयारी गरेको छ । हालसम्म १० हजार बिरुवा रोपिसकेको अध्यक्ष उत्तम ताङ्वेले बताउनुभयो ।
मुस्ताङको स्याउको माग निकै बढेपछि पु¥याउन गाह्रो भएकाले स्थानीय बासिन्दा सहकारीमार्फत् स्याउ खेतीतर्फ आकर्षित भएका हुन् । मुस्ताङमा वार्षिक १९ हजार स्याउका बिरुवा उत्पादन हुने गरेको छ । यसपटक एक लाख बिरुवा जुम्लाबाट ल्याइएको छ ।
जिल्लामा स्थापना भएका सहकारीहरू खाली जग्गामा स्याउ खेती गरी हरियाली बनाउने अभियानमा जुटेका छन् जिल्ला कृषि विकास कार्यालय मुस्ताङका बाली संरक्षण अधिकृत सूर्यबहादुर बोगटीले भन्नुभयो । अबको केही वर्षमा मुस्ताङको स्याउले विदेशबाट स्याउ आयात गर्नुपर्ने समस्या कम गर्ने उहाँले बताउनुभयो ।
उहाँले हावापानी, माटो र वातावरणले अन्य बालीभन्दा स्याउ राम्रो र उत्पादन वृद्धि हुँदै गएकाले स्थानीय खाली जग्गामा स्याउ खेती गर्न उत्साही भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ