पेट्रोलको मूल्य घट्यो

२२ जेष्ठ २०७६, बुधबार १९:२२ मा प्रकाशित

काठमाडौँ, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसंगै अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १० रुपैयाँ पर्ने छ । यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो ।

आयल निगमले गत बुधबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । निगमले बजेट सार्बजनिक भएको केहि घण्टा मै मूल्य बढाएको थियो । त्यस समय डिजेल र मट्टितेलको मूल्य पनि बढेको भए पनि अहिले भने पेट्रोलको मूल्य मात्र घटेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको