धानखेतमा एक पुरुषको शव फेला

२० श्रावण २०६९, शनिबार १७:२७ मा प्रकाशित

भक्तपुर २० साउन । जिल्लाको बालकोट गाविस वडा नं ४ र ७ को सिमानामा रहेको धान खेतमा डुबेर मृत्यु भइरहेको अवस्थामा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
पहिचान खुल्न नसकेको अन्दाजी २५ वर्षका पुरुषको खेतको पानीका घोप्टो परेर लडिरहेको अवस्थामा आज उनको शव फेला परेको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख महेश सिंहले बताए । मृतकको साथबाट पहिचान खुल्ने केही पनि बरामद नभएको र स्थानीयले समेत नचिनेको बताएका छन् । उक्त बेवारिसे मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको सिंहको भनाई थियो ।स्थानीयले भने हिजो मात्र सो क्षेत्रमा देखा परेको मृतक पुरुष मानसिक सन्तुलन गुमाएको, बाटोमा रहेको फोहोर र घाँस समेत टिपेर खाने गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका