वातावरण दिवसमा प्रधानमन्त्रीको सन्देश, ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’

२२ जेष्ठ २०७६, बुधबार १६:५९ मा प्रकाशित

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा बुधबार भिडियो सन्देश दिँदै उनले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाईने बताए ।

गत वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ लाख फलफूलका विरुवा रोपिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपाललाई स्वच्छ बन क्षेत्र भएको मुलुक बनाउन चाहेको बताएका छन् ।

हरेक वर्षजस्तै आज नेपालमा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ । कुल जमीनको करीब ४५ प्रतिशत भूभाग वन क्षेत्र तोकिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले