नेपा एयरलाईन्सको जापान उडान स्थगित

२२ जेष्ठ २०७६, बुधबार १६:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ जेठ । नेपाल वायु सेवा निगमको जापान उडान रोकिएको छ । असार १९ गतेदेखि उडान भर्ने तयारी भए पनि यात्रु नपाएपछि उडान स्थगित गरिएको हो ।

गत वैशाख १५ गते नै निगमले जापानको ओसाकामा उडान गर्ने अन्तिम टुंगो लागेको भन्दै हप्तामा ३ उडानको तालिकासहित भाडा पनि तय गरेको थियो । तर टिकट बुकिङ खुलाउँदा पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।

नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।

निगमले यसअघि सन् १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ ।

लामो दूरीमा उडान भरेर निगमलाई उकास्ने भन्दै निगमले पोहोरको असार र साउनमा २४ अर्ब रुपैयाँ लागतका एअरबस ३३०–२२० सिरिजका २ वटा जहाज ल्याएको थियो । निगमले नयाँ जहाजमार्फत दक्षिण कोरिया, जापान र चीनमा उडान भर्ने जनाएको थियो । व्यवस्थापन फितलो हुँदा २ सय ७४ सिट क्षमताका वाइडबडी जहाज पनि छोटा दुरीमै खुम्चिएका छन् ।

अहिले निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान भर्दै आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको