‘मेरो काका, जिजुकाकाले छोडेर गएको जग्गा पनि राष्ट्रपतिलाई अपुग ?’

२२ जेष्ठ २०७६, बुधबार १६:२८ मा प्रकाशित

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् ।

अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन । उनले भने, ‘नेपाललाई विदेशीको ईशारामा दुई/चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं ।’

उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐ कार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए ।

राणाले राष्ट्रप्रमुखको भूमिका प्रजातन्त्र र गणतन्त्र अनुकुल चल्न नसकेको टिप्पणी गरे । उनले भने, ‘अर्बौको खर्च गरेर राष्ट्रपतिको लागि हेलिकप्टरको सवारी तय गरिँदैछ । मेरो काका, जिजुकाकाले दिएको जग्गाले नपुगेर थप जमिन जोड्न कुरा भैरहेको छ । राष्ट्रपतिको यो किसिमको सोख प्रिजेन्ट गर्न सकिँदैन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण

काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर्स समिट’मा सहभागी हुने भएका छन् । सोमबार बसेको