पशुपतिनाथ मन्दिरमा ९ किलो सुन र सवा अर्ब नगद

२२ जेष्ठ २०७६, बुधबार १५:२८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २२ जेठ । पशुपतिनाथ मन्दिरमा ९ किलो बढी सुन जम्मा भएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले २०७५ सालसम्ममा मन्दिरमा ९ किलो ५८६ ग्राम सुन जम्मा भएको विवरण दिएको छ ।

समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०१९ देखि २०७५ सम्म मन्दिरमा ३१६ किलो ५८६ ग्राम चाँदी जम्मा भएको छ । समितिले २०१९ भन्दा अगाडिको मुचुल्का भेट्न नसकिएको बताएको छ ।

मन्दिरको नगद मौज्दात एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा रहेको छ । विभिन्न बैंकका जम्मा गरिएको यो रकमबाट एक अर्बको अक्षय कोष खडा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो । उक्त समितिले २०७५ साउन २९ गते प्रतिवेदन बुझाउन नसकेपछि थप ६ महिनाको समय पाएको थियो । समितिले तयार पारेको प्रतिवेदन बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको