जिल्ला इञ्चार्ज र सहइञ्चार्ज ओली नेपालको आ–आफ्नै अडान

२२ जेष्ठ २०७६, बुधबार १५:१७ मा प्रकाशित

काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मापदण्ड बिना नै जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मापदण्डबारे छलफल भए पनि कुनै निर्णय भएको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा अडान कायम राखेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले प्रदेश इञ्चार्जहरु तोक्दा नै त्यो खण्डित भएको तर्क गरेका छन् ।

तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी बाटो अपनाउने बताएका छन् । इञ्चार्ज तथा सहइञ्चार्ज तोक्दै जाँदा दोहोरो जिम्मेवारीका सन्दर्भमा हेर्न सकिने उनले बताए । सचिवालयका एक सदस्यले भने, ‘मन्त्री भएकालाई इञ्चार्ज नबनाउने भन्ने पनि निर्णय भएको छैन । बनाउने भन्ने पनि छैन । बीच बाटोबाट जान सकिन्छ ।’

बैठकमा प्रधानमन्त्री ओलीको युरोप भ्रमणपछि मात्र यसबारे निर्णय गर्ने कि भन्ने प्रस्ताव पनि आएको थियो । तर, बहुसंख्यक नेताहरु यसको विपक्षमा उभिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।