रोनाल्डोमाथि बलात्कारको आरोप लगाउने महिलाद्वारा मुद्दा फीर्ता

२२ जेष्ठ २०७६, बुधबार १४:१५ मा प्रकाशित

पोर्चुगल, २२ जेठ । पोर्चुगलको फुटबल टिमका कप्तान तथा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बलात्कारको आरोपबाट सफाइ पाएका छन् । बलात्कारको आरोप लगाउने अमेरिकी नागरिक क्याथरिन मोयार्गाले आरोप फिर्ता लिएपनि रोनाल्डोले सफाइ पाएका हुन् ।

गतवर्षको नोभेम्बर महिनामा मोयार्गाले जर्मनीको अनलाइन समाचार पोर्टल डेर स्पाइगल मार्फत रोनाल्डोले आफूलाई बलात्कार गरेको बताएकी थिइन् ।

सन् २००९ मा म्यानचेस्टर यूनाइटेड क्लबमा रहँदा रोनाल्डो छुट्टी मनाउन लास भेगस पुगेका थिए । सोही बेला रोनाल्डोले आफूमाथि बलात्कार गरेको मोयार्गाले बताएकी थिईन् ।

त्यसबेला पनि मोयार्गाले आफूमाथि बलात्कार भएको मुद्दा लगाएकी थिइन् । तर मोयार्गाले आरोपितको नाम, ठेगाना बताउन नसकेपछि मुद्दा त्यत्तिकै सेलाएको थियो । सन् २०१० मा वकिलको सहायतामा रोनाल्डोले क्याथरिनलाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएपछि क्याथरिनले बलात्कारको विषयमा बोलेकी थिइनन् ।

गत नोभेम्बरमा बलात्कारको विषयमा फेरि खुलेकी मोयार्गाले मुद्धा फिर्ता लिएकी हुन् । रोनाल्डोले भने सुरुवातदेखि नै आरोप अस्वीकार गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति