एक अस्पतालले बिरामीलाई अर्को अस्पताल पठाए कारबाही

२२ जेष्ठ २०७६, बुधबार १२:११ मा प्रकाशित

जनकपुर, २२ जेठ । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउने भएको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए ।

सो विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहुँदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था रहेको छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताए ।

यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना गर्ने ब्यवस्था रहेको छ । विधेयकले ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पु¥याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका